NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व द्वादशी - १२

परिचय

कोशी प्रदेश, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहत प्रदेश वन निर्देशनालय र १ वटा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, १5 वटा डिभिजन वन कार्यालय र २ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरु रहेका छन् । त्यस्तै प्रदेशभरि जम्मा 104 सव-डिभिजन वन कर्यालय रहेका छन् । डिभिजन वन कार्यालय (साविक जिल्ला वन कार्यालय) र भू तथा जलाधार व्यवस्थापन कार्यालय (साविक जिल्ला भू-संरक्षण कार्यालय) हरु प्रदेश सरकार अन्तर्गत रहेकोमा सो कार्यालयहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्न तथा अनुगमन निरीक्षण गरी पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले पर्यटन, वन तथा वातावारण मन्त्रालय मातहत रहने गरी 2075 सालदेखि प्रदेश वन निर्देशनालय सञ्चालनमा रहेको छ ।